Refund / Cancellation Policy
कुन अवस्थामा कति refund हुन्छ — स्पष्ट नियम, no hidden conditions।
१. Order Cancel गर्दा
- काम सुरु हुनुअघि (status: Pending) — order cancel गर्न सकिन्छ; भुक्तानी भइसकेको भए पूरा refund।
- काम सुरु भइसकेपछि (Processing) — भइसकेको काम/खर्च (सरकारी राजश्व, submission fee आदि) कटाएर बाँकी refund।
- काम पूरा भइसकेपछि (Ready/Delivered) — refund हुँदैन।
२. Refund नहुने रकमहरू
- सम्बन्धित निकायलाई बुझाइसकेको राजश्व/fee (जस्तै: consular stamp को रु ५००, US EDV registration fee, SSF योगदान)।
- EDV pre-booking शुल्क — आवेदन प्रक्रियामा गइसकेपछि फिर्ता हुँदैन।
- Training/course — class सुरु भइसकेपछि (recording access दिइसकिएको हुन्छ)।
- ग्राहकले गलत जानकारी/document दिएका कारण अस्वीकृत भएको आवेदनको सरकारी fee।
३. हाम्रो कारणले सेवा दिन नसके
- हाम्रो त्रुटि वा क्षमताका कारण service पूरा गर्न नसकिए पूरा refund हुन्छ।
- सरकारी निर्णयले आवेदन reject भए (हाम्रो त्रुटि बिना) — सेवा शुल्कको आंशिक refund बारे case अनुसार छलफल हुन्छ।
४. Refund प्रक्रिया
- Dashboard बाट order cancel गर्नुहोस्, वा support मा order code सहित सम्पर्क गर्नुहोस्।
- Refund सामान्यतया ३–७ कार्य दिनभित्र भुक्तानी गरेकै माध्यम (Khalti/eSewa/Hamro Pay/bank) बाट फिर्ता हुन्छ।
- हरेक refund को record order timeline मा देखिन्छ।
५. सम्पर्क
- 📞 +977 9748433699 · 💬 WhatsApp: +977 9705433699 · 📧 mail@digitalsolutionnepal.com
सम्बन्धित: Terms & Conditions · Privacy Policy · Support